Pages

Friday, September 18, 2015

एक टुक्रा कविता

अगेनाका चिसा दाउरा र
पुत्ताइरहेको धूँवा देखि दिक्क भएर
एकदिन बाले
भान्छाको भित्तामा झुण्याईदिनु भयो पंखा
हट्यो सबै मडारिएको कालो धूवाँ
त्यसपछी उज्यालो देखिन थाल्यो
 भान्छा संगै आमाको अनुहार

आज
तनावको भुमरीबाट सोँचिरहेछु
यदि कुनै त्यस्तो पंखा हुन्थ्यो भने
मैले पनि ठोक्थे दिलको भित्तामा
र हटाउने थिएँ जम्मै मनको तुवालो ।

No comments:

Post a Comment